मोरङमा हेरोइनसहित दुई युवक पक्राउ

मोरङ । मोरङको लेटाङ नगरपालिका–५ खेरुवा क्षेत्रमा लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन्। मंसिर १२ गते राति अन्दाजी १०:३० बजे इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले ना ३ प २६८७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार उर्लाबारी नगरपालिका –२ का २२ वर्षीय सन्दिप धिमालको साथबाट लागू औषध खेरो (हेरोइन) जस्तो देखिने लिसाइला पदार्थ २ ग्राम फेला परेको छ।

मोटरसाइकल चालक लेटाङ नगरपालिका–५ का ३१ वर्षीय प्रविन राईलाई समेत मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय, लेटाङमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय