अध्यक्ष हुकुम सिंह राईको पहलमा संघीय समन्वय बलियो, कमल विकासका प्रमुख परियोजनामा नयाँ गति

२०८२ मंसिर १३

झापा । जेन–जी आन्दोलनपछि बनेको संघीय सरकारसँग समग्र विकासका विषयमा गरिएको उच्चस्तरीय भेटघाट फलदायी भएको कमल गाउँपालिकाले जनाएको छ। अध्यक्ष हुकुम सिंह राई नेतृत्वको टोलीले स्वास्थ्य, पूर्वाधार, पर्यटन तथा खेलकुद क्षेत्रका विभिन्न पक्षमा संघीय निकायसँग विस्तृत छलफल गरेको हो।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले कमल गाउँपालिकालाई निम्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ–
मेडिसिन स्टेन – २ थान, पेसेन्ट मोनिटर – १ थान, पल्स, अक्सिमिटर – ५ थान, भेल कटर – ४ थान रहेका छन।

अध्यक्ष राईका अनुसार, “यी उपकरणले गाउँपालिकाका स्वास्थ्य चौकी तथा स्थानीय स्वास्थ्य सेवा केन्द्रमा सेवा गुणस्तर वृद्धि गर्नेछ। हामी आधारभूत स्वास्थ्य सेवा अझै मजबुत बनाउने लक्ष्यमा छौँ।”

🔹 भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङसँग भेट

गाउँपालिकाको प्रशासनिक भवन निर्माण, दीर्घकालीन भौतिक विकास योजना तथा समग्र कमल गाउँपालिकाको विकास दृष्टिबारे मन्त्री घिसिङसँग विस्तृत कुराकानी भएको अध्यक्ष राईले बताए।
उनका अनुसार , “कमललाई आधुनिक, संरचित र दिगो पूर्वाधारयुक्त पालिका बनाउने हाम्रो योजनामा संघीय सरकार सकारात्मक रूपमा उभिएको छ।”

साधुहोली सिमसारको हालसम्मको प्रगति, दिगो पर्यटन सम्भावना तथा आगामी बजेट आवश्यकताबारे नेपाल पर्यटन बोर्ड र UNDP प्रतिनिधिहरूसँग अर्थपूर्ण संवाद भएको छ।

अध्यक्ष राई भन्छन्, “साधुहोली सिमसारलाई प्रदेश–स्तरिय पर्यटकीय गन्तव्य बनाउन थप बजेट र प्राविधिक सहयोग अत्यावश्यक छ। संघीय निकायहरू यसमा सहयोग गर्न इच्छुक देखिए।”

🔹 आदिवासी रंगशाला सम्बन्धी पहल

युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार भास्कर रिजालसँग भेटघाट गर्दै आदिवासी रंगशाला परियोजनाको वास्तविक अवस्था तथा आवश्यकताबारे जानकारी गराइएको छ। साथै, रंगशालाको बजेट र प्राथमिकता सुनिश्चित गर्न मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु पर्ने आवश्यकता औपचारिक रूपमा उठाइएको छ।

अध्यक्ष राईले भने,“कमलका युवालाई खेलकुदमैत्री वातावरण दिन रंगशाला अपरिहार्य छ। यसका लागि संघीय तहमा आवश्यक पहलको प्रतिवद्धता हामीले दोहोर्‍याएर राख्यौँ।”

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले सबैलाई शुभकामना व्यक्त गर्दै भने— “हाम्रो प्रयास सदैव जनताको विकास र समृद्धिमै केन्द्रित छ। आजका पहलहरूले भोलिको कमललाई अझ सक्षम, आधुनिक र समृद्ध बनाउनेछन्।”

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय