
२०८२ मंसिर ११, झापा । होटलको कोठा बुक गरेर बसेका दुई जना युवायुवती प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । झापाको दमक १ रवी स्टेण्ड छेउमा रहेको आर क्यू होटलमा कोठा बुक गरेर बसेका मानिसहरुले लागु औषध खैरो हेरोईनको कारोबार गर्ने गरेको भन्ने बिशेष सुचना पाएपछि त्यहाँ पुगेको इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलको तेश्रो तलाको ४ नम्बर कोठा बुक गरेर बसेका दमक ७ का एक युवक र उर्लाबारी ८ की युवतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दमक ७ स्थायी ठेगाना भई दमक १ श्रीपाली चौक बस्ने २५ बर्षका राम कुमार गौतम र मोरङ उर्लावारी ८ दुर्गापुरी बस्ने ३० बर्षकी ललिता धिमाल रहेका छन् । उनीहरुको शरिर तथा कोठा समेतबाट लागू औषध खैरोहेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित १३ ग्राम ६४० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले गौतमको साथमा रहेको २८ हजार रुपैयाँ समेत नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



