अरनिको राजमार्गमा  चेकजाँच: लागुपदार्थ सेवन गर्दै सवारी हाँक्ने ५ चालक पक्राउ

काभ्रेपलान्चोक । अरनिको र हेलम्बु यातायात प्रालीका दुई/दुई जना चालक लागु पदार्थ सेवन गरि सवारी हाकेको अवस्थामै फेला परेका छन् ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना चालकहरुलाई बुधबार ट्राफिक प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखालबाट नियन्त्रणमा लिएसँगै चार जना सार्वजनिक यातायातका रहेको खुलेको छ भने एक जना टिपर चालक हुन् ।

सवारी दुर्घटना न्युनिकरणकका लागी प्रहरी चौकी पाँचखाल र अस्थायी ट्राफिक प्रहरी पोष्ट पाँचखाल काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा भएको चेकजाँचमा पाँच जनाले लापसे गरेको पाईएको थियो ।

तीमध्ये दुई जना अरनिको यातायात सेवा प्राली र दुई जना हेलम्बु यातायात प्रालीका चालक र एक जना टिपर चालक हुन् ।

पाँचखाल आधारभुत अस्पताल दुलालथोकको समन्वय र सहकार्यमा जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा. ०४ पाँचखाल स्थित अरनिको राजमार्ग सडक खण्डमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनका २१ वटा सवारी चालक तथा परिचालकहरुलाई चेक जाँच गरि लागु पदार्थ सेवन गरेका पाँच जना सवारी चालकलाई आवश्यक कारबाहीको लागि तालुक जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपालाञ्चोक पठाईएको छ ।

ट्राफिक प्रहरी पोष्ट पाँचखालका प्रमुख महेश्वर अधिकारीले सवारी दुर्घटना न्युनिकरणकका लागी प्रहरी चौकी पाँचखाल र ट्राफिक प्रहरी पोष्ट पाँचखालले समन्वयमा चेकजाँच गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय