
२०८२ मंसिर १०, काठमाडौ । मोबाइल बैंकिङमार्फत ५४ अर्ब बढि कारोबार भएको पाइएको छ। नेपाल रास्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८२-८३ को असोज महिनासम्म मोबाइल बैंकिङमार्फत ५४ अर्ब ८५ करोड १५ लाख रुपैयाँ कारोबार भएको हो।
आर्थिक वर्ष २०७१-८२ को सोही अवधिसम्म बैंकिङमार्फत ४० अर्ब १२ करोड १४ लाख रुपैयाँ कारोबार भएको थियो।
पछिल्लो समय मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानिका माद्य्यमहरु वालेट, कनेट आइपिएस, डेबिट र क्रेडिट कार्डको प्रयोग बढेको छ।
रास्ट्र बैंकको तथ्यांक अनुसार इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार पनि बढेको छ। चालू आर्थिक वर्ष २०८२-८३ को असोज महिनामा इन्टरनेट बैंकिङमार्फत २१ करोड ९० लाखभन्दा धेरैको कारोबार भएको छ।
आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा इन्टरनेट बैंकिङमार्फत १७ करोड २६ लाख बढिको कारोबार भएको छ।



