छोराको कुटाइबाट बुबाको मृत्यु, आरोपी छोरा प्रहरी नियन्त्रणमा

नवलपुर । नवलपुरमा गएराति छोराले कुटेर बुबाको मृत्यु भएको छ । नवलपुर प्रहरीले हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय छोरा सन्तकुमारको कुटाइबाट ६० वर्षीय बुबा रामबहादुर विकको मृत्यु भएको जनाएको छ । बाबुछोराबिच सामान्य घरायसी विवादका कारण झै–झगडा हुँदा छोराको कुटाईबाट बुबा रामबहादुर गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले घाइते रामबहादुरको उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । उनका अनुसार कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय