सुनको मूल्यमा उछाल: एकैदिनमा ९ सय बढ्यो, चाँदीमा पनि वृद्धि

२०८२ मंसिर १०, काठमाडौ । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ।

मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय