
पाँचथर । पाँचथर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम २ का २७ वर्षीय धनराज तुम्बापोलगायत रहेको प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिएका छन।
उहाँका अनुसार तुम्बापोले लागुऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले उनीसहित खरिद गर्न आएका चार जनालाई एकैसाथ पक्राउ गरेको हो ।
तुम्बापोका साथबाट १० ग्राम ५२ मिलिग्राम लागुऔषध (खैरो हेरोइन) समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पाँचै जनालाई पाँचथर जिल्ला अदालतमा बुझाएर १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ । पछिल्लो समय पाँचथर प्रहरीले लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गर्ने क्रम तीव्र बनाएको छ ।



