पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत फेला

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१० बानेश्वरस्थित घरमा उनी मृत फेला परेको जिल्ला परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनकाअनुसार खनियाँ झुण्डिएको अवस्थामा फेला परेका हुन्। ‘मुचुल्काको काम भइरहेको छ,’ एसपी भट्टराईले भने।

खनियाँ रेडियो-अडियोका सञ्चालक हुन्। उनी छक्का पन्जा ५ को निर्मातासमेत थिए।

खनियाँ उक्त घरमा आफ्नो परिवारसँग बस्दै आएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय