कुञ्जीबारी बजारमा बेहोस भएका व्यावसायीको अस्पतालमा मृत्यु

झापाको गौरीगञ्ज गाउँपालिका वडा न.१ कुञ्जीबारी बजारमा बिउ बिजनको व्यापारका लागि पुगेका शिवसताक्षी ५ का एक जना व्यावसायीको अचानक मृत्यु भएको छ ।

शिवसताक्षी ५ का ७२ बर्षिय सम्पतलाल राजबंशी बिउबिजनको ब्यापार गर्न शनिबार कुञ्जिबारी बजार गएका थिए । उनी आफ्नो ब्यापारमा रहेकै समयमा अचानक चक्कर लागेर बेहोस भएका थिए ।

तत्काल उनको उपचारको लागि दमक अस्पताल दमक ल्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय