
माछा मार्ने क्रममा करेन्ट लागेर झापाको गौरादह – गौरीगन्ज सीमा क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।
गौरादह ६ र गौरीगनज ६ को सीमानामा पर्ने रामचन्द्र खोलाको पुल नजिकै बिजुलीको तार बाट माछा मार्ने क्रममा करेन्ट लागेर गौरादह ६ आरती नगरका ६० वर्षीय रामकुमार ताजपुरियाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज दिउँसो १२.२० बजेको समयमा सो घटना भएको हो ।



