मेक्सिकोकी फतिमा बोसलाई ‘मिस युनिभर्स २०२५’ को उपाधि

थाइल्याण्ड – मेक्सिकोकी फतिमा बोसलाई ‘मिस युनिभर्स २०२५’ को उपाधि प्रदान गरिएको छ। प्रतियोगिता अघि थाई निर्देशकको अपमानजनक व्यवहारका कारण बोस चर्चामा आएकी थिइन्। विश्वव्यापी स्क्यान्डलपछि बोस प्रशंसकहरूको मनपर्ने प्रतियोगी बनेकी छन्।

प्रतियोगितामा २५ वर्षीया मानवीय तथा स्वयंसेवी बोसले गत वर्षकी विजेता डेनमार्ककी भिक्टोरिया केजर थेइलभिगबाट ताज प्राप्त गरेकी हुन्। यस वर्षको उपविजेता थाइल्याण्डकी प्रवीनर सिंह बनेका छन् भने भेनेजुएला, फिलिपिन्स र आइभरी कोस्टका प्रतिनिधिहरू शीर्ष ५ मा परेका छन्।

कार्यक्रममा १२० देशका प्रतिनिधिहरू सहभागी थिए। प्यालेस्टिनी प्रतिनिधि नदीन अयुब पहिलो पटक प्रतियोगितामा भाग लिइन् र अन्तिम ३० सेमिफाइनलमा स्थान बनाउन सफल भइन्।

अमेरिकी हास्य कलाकार स्टिभ बायर्नले समापन कार्यक्रम सञ्चालन गरेका थिए भने थाई गायक जेफ सटुरको प्रस्तुति कार्यक्रमको आकर्षण बनेको थियो। प्रतियोगितामा युवतीहरूलाई सशक्त बनाउन र विश्वव्यापी मुद्दामा बोल्न प्रेरित गर्ने प्रश्नहरू पनि सोधिएका थिए।

फतिमा बोसले भनिन्, “आफ्नो मौलिक शक्तिमा विश्वास गर्नुहोस्। तपाईंको सपना र हृदय महत्त्वपूर्ण छ। कहिल्यै पनि कसैलाई तपाईंको मूल्यमाथि शंका गर्न नदिनुहोस्।”

नेपालको प्रतिनिधित्व सान्या अधिकारीले गरेकी थिइन्। तर यस वर्ष नेपाल निराशाजनक रह्यो, सान्या अधिकारी अन्तिम ३० मा समेत प्रवेश गर्न सकिनन् साथै नेपालको नेसनल कस्ट्युमले अपेक्षित प्रशंसा पाउन सकेन।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय