भद्रपुर कारागारमा सजाय भुक्तान गरिरहेका कैदिको मृत्यु

झापा । भद्रपुरस्थित झापा कारागारमा रहेर सजाय भुक्तान गर्दै आएका एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा कैद गरिएको भारत, पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बूको उपचारका क्रममा निधन भएको हो।

आज बिहान ८ बजे अचानक रक्तचाप (प्रेसर) घटेपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालले बिहान ८ः४० बजे लिम्बूलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतकको शव सोही अस्पतालमा राखिएको छ। थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरीले प्रहरी अधिकृतसहितको टोली खटाएको जानकारी प्रहरी नायब उपरीक्षकले दिएका छन्। लिम्बू २०७५ साउन २९ गतेदेखि झापा कारागारमा कैद भुक्तान गरिरहेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय