पढाइ नबुझेको भन्दै शिक्षिकाद्वारा बालबालिकामाथि अत्याचार

सर्लाही । पढाएको बुझिएन भनेर उजुरी गरेको भन्दै सर्लाहीको बरहथवामा एक शिक्षिकाले छात्राहरूलाई निर्घा’त कु’टपिट गरेकी छन् ।

सर्लाहीको बरहथवा नगरपालिका–८, श्री माध्यमिक विद्यालय आनन्द नगरकी शिक्षिका गीता कुशवाहाले कक्षा ४ मा पढ्ने १० वर्षीय रुपाकुमारी पासवान सहित ८ जना छात्राहरू माथि कु’टपिट गर्दा उनीहरू घा’इते भएका छन् । शिक्षिका कुशवाहाले बाँसको ल’ट्ठीले कु’टपिट गरेको छात्राहरूको आरोप छ ।

घा’इते छात्राहरूको अहिले नगर अस्पतालमा उ’पचार भइरहेको वडाध्यक्ष राज किशोर महतोले बताए ।
शिक्षिकाले पढाएको नबुझेको भनेर घा’इते विद्यार्थी पासवान लगायतले विद्यालयमा रहेको उ’जुरी पेटिकामा उ’जुरी हालेका थिए । उक्त कुरा थाहा पाएपछि आज गृहकार्य नगरेको बहानामा आफूहरू माथि नि’र्घात कु’टपिट भएको छात्रा पासवानले सुनाइन् ।

विद्यालयका प्रधानाध्यापक महतो र शिक्षिका कुशवाहा नातेदार रहेको नियुक्ति गर्ने समयमा समेत प्रधानाध्यापक महतोले प्रक्रिया भन्दा बाहिर गरेर नियुक्ति दिएको अभिभावकहरूको आरोप छ ।
उनीहरू अहिले सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको प्र’हरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय