
सुनसरी । सुनसरी खाेलामा नुहाउने क्रममा वेपत्ता मध्ये १ काे उद्धार । अर्काे एकजना भने मृत भेटिए ।बाला चतुर्दशी मेलामा रामधुनी मन्दिर पुगेका तिर्थालु मध्ये सुनसरी खाेलामा नुहाउने क्रममा वेपत्ता भएका दुई मध्ये एकजना मृत भेटिएका छन।
खाेलामा नुहाउन पुगेका तीनजना मध्ये एक व्यक्ति नुहाएर निस्कदा अन्य दुईजना भने डुबेर वेपत्ता भएका थिए । नुहाउने क्रममा डुबेका इनरूवा ५ का भिमराज काफ्लेलाई प्रहरी टाेलीले उद्धार गरी उपचारमा पठाएको जनाएको छ ।
हराएका सुन्दरहरैंचाका ४१ वर्षिय देवेन्द्र भट्टराई भने खाेजतलासकाे क्रममा मृत भेटिएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ ।



