विराटनगरमा ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर — लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।

मंसिर २ गते विराटनगर–१३ स्थित सडक किनारमा मोटरसाइकलमा संकास्पद गतिविधि गरेको अवस्थामा विराटनगर–८ का २८ वर्षीय अजय कुमार मुखिया र विराटनगर–१६ का अजय कुमार राउतलाई चेकजाँच गर्दा १४० ग्राम १८ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

त्यसैगरी, विराटनगर–११ बसपार्कबाट भारत अररिया निवासी मो. मोजाहित (२८) र राज कुमार दास (२०) को साथबाट १५२ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।

ब्राउन सुगरसहित पक्राउ परेका चारै जनाको कानुनी कारवाही र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय