
लेबलानको दक्षिणमा अवस्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा परी कम्तिमा १३ जना मारिएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । तटीय शहर सिदोनको बाहिरी इलाकामा रहेको ऐन एल-हिलवे शिविरमा रहेको मस्जिदको पार्किङमा ड्रोन आक्रमण भएको थियो । आक्रमणमा कम्तिमा चार जना घाइते भएका छन् ।
इजरायलले शरणार्थी शिविरमा प्रशिक्षण गरिरहेका हमासका सदस्य लक्षित प्रहार गरेको बताएको छ । हमासले इजरायलको दाबीलाई अस्वीकार गरेको छ ।



