रौतहटमा ४ लाख ५० हजार घुससहित प्रधानाध्यापक र बिचौलिया पक्राउ

रौतहट । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रौतहटमा ४ लाख ५० हजार घुस लिएको प्रधानाध्यापकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजयप्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानुलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई टोलीले पर्सा वीरगञ्ज महानगरपालिका–१३ अदातरो स्थित एक होटलबाट घुससहित नियन्त्रणमा लिएको हो ।

अख्तियार प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार विद्यालयले शिक्षक आवश्यक भनी खुलाएको विज्ञापनमा बिचौलियासँग मिलेर घुस लिएको आरोप छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय