नेपालको शानदार सुरुवात: ओमानविरुद्ध ६ विकेटको विजयी शुरुवात

काठमाडौं,– ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। कप्तान रोहित पौडेलले २५ रन बनाए। कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्लले १० रन थपे।

सुरुमा ब्याटिङ गरेको ओमानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १० रन बनायो । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट हात पारे।

विश्वकप छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह चरणको शीर्ष स्थानको टिम सुपर सिक्समा छनोट हुनेछ।

सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान पक्का गर्नेछन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय