संस्कृतिको संरक्षण र लोकतान्त्रिक गणतन्त्र रक्षा गर्न पूर्वप्रधानमन्त्री माधव नेपालको आह्वान

काठमाडौं, १४ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्र माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका छन्।

बडा दसैँका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले स्वदेश तथा तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गर्दै समुन्नत नेपाल निर्माणका निम्ति सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएका छन्।

साथै अध्यक्ष नेपालले जनचाहनाअनुरूप स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको रक्षा गर्दै तोकिएको मितिमा निर्वाध निर्वाचन गराउने वातावरण तयार गर्न समाजका सबै पक्षसँग आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय