Homeसमाचारसरस्वती पूजाको अवसरमा बालबालिकाका लागि जनसेवा केन्द्र नेपालको हातेमालो

सरस्वती पूजाको अवसरमा बालबालिकाका लागि जनसेवा केन्द्र नेपालको हातेमालो

Date:

काभ्रे । जनसेवा केन्द्र नेपालले सरस्वती पुजाको अवसरमा काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका–४ स्थित श्री कपुर महाँकाल प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभास लामाकाे अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सराेज प्रसाद कुइकेलकाे आतिथ्यतामा बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत जम्मा २५ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको हो।

२०५६ सालमा स्थापना भएको विद्यालयमा राहत, निजि, बालकाेटा र कार्यालय सहायक गरि हाल ६ जना शिक्षक कार्यरत छन्।

कार्यक्रमका प्रमुख अतिथि कुइकेलले जनसेवा एक मानविय सेवामा समर्पित संस्था भएकोले कसैकाे आँखा नपुगेको ठाउँमा सहयोगी मनहरुकाे उपस्थिति जनाउदै आएको बताउनु भयो ।`उहाँका अनुसार संस्थाले विभिन्न भेग र बस्तिहरुमा जनसेवकहरु मार्फत गतिविधि संचालन गरिनेछ। ´

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभास लामाले सामाजिक संस्थाहरूको सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र महतले जनसेवा केन्द्र नेपालप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा जनसेवा केन्द्र नेपालका अध्यक्ष सरोज प्रसाद कुइकेल, साथै सहयोगी संस्थाका तर्फबाट समाजसेवी माेहन गजुरेल, लगायत विमेश सापकाेटा, कविराज गिरि, राम तिमल्सिना, राजकुमार सापकाेटा, प्रमेश लामा, डिकेन्द्र बस्नेत, सहजकर्ता यशोदा खत्री र शुभद्रा खत्री, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

शिक्षक दिल बहादुर लामाले संचालन गर्नु भएको कार्यक्रममा विद्यालयकि शिक्षक लक्ष्मि श्रेष्ठले स्वागत गर्नु भएको थियो। कपडा तथा शैक्षिक सामाग्री पाउने बालबालिकाका अभिभावकले संस्था र सहयोगीहरु प्रती खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउन सुपरनोभा तालिम केन्द्र, आइएचएम, धुलिखेल इको रिसोर्ट, दामी खजा घर र रुटिन अफ काभ्रे बन्दले प्रायोजन गरेका थिए । यस्तै मिडिया पाटनरहरुमा बेथानचौक खवर, इपि खवर, टुकि नेट्वोर्क, अनलाइन काभ्रे र दमक टाउन न्युज रहेका थिए।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here