HomeUncategorizedGen-Z आन्दोलनमा प्रमोद आचार्य र डिलक्स सेक्युरिटी सर्विसको जिम्मेवार भूमिका

Gen-Z आन्दोलनमा प्रमोद आचार्य र डिलक्स सेक्युरिटी सर्विसको जिम्मेवार भूमिका

Date:

काठमाडौं । समाजसेवी तथा डिलक्स सेक्युरिटी सर्विस प्रा.लि. का सञ्चालक प्रमोद आचार्य र उनको संस्थाले हालैको Gen-Z आन्दोलनमा देखाएको योगदानले चर्चा पाएको छ।

हजारौँ युवालाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएका आचार्य ‘सच्चा सेवक’का रूपमा चिनिन्छन्। उनी नेतृत्व गर्ने डिलक्स सेक्युरिटी सर्विसमार्फत धेरै युवाले स्वरोजगार र स्थायी रोजगारी पाएका छन्। तर, आन्दोलनकै क्रममा अन्य निजी क्षेत्रहरूमा तोडफोड र आगजनी भइरहेका बेला आचार्यको कम्पनीका सुरक्षाकर्मीहरूले भने साहसिक भूमिका निर्वाह गरेका छन्। उनीहरूले कम्पनीका सम्पत्तिहरूलाई आक्रमणबाट जोगाउन मात्र नभई, आसपासका क्षति न्यून पार्न पनि सक्रिय भूमिका खेलेका थिए।

सुरक्षाकर्मीहरूले देखाएको बहादुरीप्रति स्थानीयबासी र व्यवसायिक समुदायले आभार प्रकट गरेका छन्। उनीहरूको यो कदमले आन्दोलनलाई हिंसात्मक मोडबाट जोगाउनेतर्फ समेत सन्देश दिएको छ।

प्रमोद आचार्य स्वयंले भने, “शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको आधार हो, तर हिंसा र तोडफोडले कसैको हित गर्दैन। हाम्रो संस्था समाज र राष्ट्रकै सम्पत्ति हो, त्यसलाई जोगाउनु सबैको दायित्व हो,” भन्ने प्रतिक्रिया दिएका छन्।

उनको यो कदमले आन्दोलनका बीचमा पनि जिम्मेवार नागरिकता कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here