Homeअन्तर्राष्ट्रियमस्जिदमा आत्मघाती बम विस्फोट, अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

मस्जिदमा आत्मघाती बम विस्फोट, अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

Date:

पाकिस्तानको इस्लामवादको शिया इमामबारगाहमा शुक्रबार भएको बम विस्फोट घटनाको विश्वभरका नेताहरूले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत विश्व नेताहरूले सो घटनाको निन्दा गरेका हुन् ।

सो विस्फोटमा ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ट्विटरमा लेख्दै भनेका छन्, ‘म पाकिस्तानको इस्लामवादमा रहेको मस्जिदमा पूजा गर्नेहरूमाथि भएको आक्रमणको निन्दा गर्दछु।

नागरिक र पूजास्थलहरूमा भएका आक्रमणहरू अस्वीकार्य छन्। सो घटनाका दोषीहरूलाई पहिचान गरी तुरुन्त न्यायको कठघरामा ल्याउनुपर्छ।’क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सो घटनाको निन्दा गरेका छन् । उनले भनेका छन्, ‘पाकिस्तानको इस्लामवाद नजिकैको मस्जिदमा भएको बम विस्फोटको घटनाबारे थाहा पाउँदा अत्यन्तै दुःखी छु, सो घटनामा कम्तीमा ३१ जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन्।’ उनले पाकिस्तानका जनता, पीडित, घाइते र उनीहरूका प्रियजनहरूलाई क्यानडाको तर्फबाट समवेदना समेत प्रकट गरेका छन् ।

त्यस्तै,बेलायती विदेश मन्त्री यभेट कूपरले ट्विटरमा पोस्ट गरेका छन्, ‘म पीडितहरू, उनीहरूका परिवारहरू र प्रभावित सबैको पक्षमा छु। बेलायत आतङ्कवाद विरुद्धको लडाइँमा र यस्तो अर्थहीन हिंसाबाट प्रभावित सबै समुदायहरूको समर्थनमा पाकिस्तानको साथमा उभिएको छ।’

त्यस्तै,अजरबैजानी विदेश मन्त्रालयले भनेको छ, ‘हामी हिंसा र आतङ्कवादको यो जघन्य कार्यको कडा निन्दा गर्छौं । अजरबैजान पाकिस्तानको साथमा उभिएको छ र शान्ति, स्थिरता र सबै प्रकारका आतङ्कवाद विरुद्धको लडाईंको लागि आफ्नो दृढ समर्थन गर्दछ।’

जर्मन विदेशमन्त्री जोहान वाडेफुलले पनि सो घटनाबारे दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इस्लामवादको मस्जिदमा भएको भयानक आत्मघाती बम विस्फोटको खबर सुनेर दुःखी छु। पीडितहरू र उनीहरूका परिवारहरूलाई मेरो समवेदना छ। यो कठिन समयमा जर्मनी पाकिस्तानको साथमा छ।’

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको छ । मन्त्रालयले भनेको छ, ‘इस्लामवादको मस्जिदमा भएको बम विस्फोट निन्दनीय छ र भारत यो दुःखद घडीमा मृतकहरूप्रति शोक व्यक्त गर्दछ।’

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here