Homeस्थानियNLF को सहयोगमा कमल गाउँपालिकामा शिक्षकहरूलाई लक्षित कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

NLF को सहयोगमा कमल गाउँपालिकामा शिक्षकहरूलाई लक्षित कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Date:

झापा — कुष्ठरोगसम्बन्धी सही तथा वैज्ञानिक जानकारी प्रवाह गर्ने, रोगको समयमै पहिचान सुनिश्चित गर्ने तथा यससँग जोडिएको सामाजिक लाञ्छना र विभेद न्यूनीकरण गर्ने उद्देश्यका साथ NLF (नेपाल लेप्रोसी फाउन्डेसन) को सहयोगमा कमल गाउँपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयका शिक्षक/शिक्षिकाहरूलाई लक्षित गरी कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालले कुष्ठरोग कुनै दैवी प्रकोप वा लाज मान्नुपर्ने रोग नभई समयमै पहिचान र नियमित उपचार गरेमा पूर्ण रूपमा निको हुने रोग भएको स्पष्ट पार्नुभयो। उहाँले कुष्ठरोगका प्रारम्भिक लक्षण, रोग सर्ने अवस्था, उपचार विधि, निःशुल्क औषधि उपलब्धता तथा रोकथामका उपायहरूबारे सहभागी शिक्षक/शिक्षिकाहरूलाई विस्तृत जानकारी दिनुभएको थियो।कार्यक्रममा प्रस्तुतीकरण गर्दै उहाँले विद्यालयलाई समुदायसँग जोड्ने महत्वपूर्ण केन्द्रका रूपमा उल्लेख गर्नुभयो। विद्यार्थी, अभिभावक तथा समाजमा कुष्ठरोगसम्बन्धी फैलिएका भ्रम र गलत धारणाहरू हटाउन शिक्षकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। विद्यालय तहबाटै सही र तथ्यपरक सूचना प्रवाह गर्न सके समुदायमा रोगप्रति सकारात्मक सोच विकास हुने र प्रभावित व्यक्तिहरू समयमै उपचारबाट वञ्चित हुन नपर्ने उहाँले उल्लेख गर्नुभयो।कार्यक्रममा सहभागीले यस्ता जनचेतनामूलक कार्यक्रमले आफूहरूको ज्ञान अभिवृद्धि मात्र नभई सामाजिक जिम्मेवारीबोध अझ सशक्त बनाएको प्रतिक्रिया दिएका थिए। यस प्रकारका कार्यक्रमहरूले कुष्ठरोग उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here