Homeराजनीतिकाभ्रे–२: बसुन्धरा हुमागाई बेथानचौकमा घरदैलो, बाढीपीडित र अधुरा विकास योजनामा समाधान प्रतिबद्ध

काभ्रे–२: बसुन्धरा हुमागाई बेथानचौकमा घरदैलो, बाढीपीडित र अधुरा विकास योजनामा समाधान प्रतिबद्ध

Date:

काभ्रे क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाईले बेथानचौक गाउँपालिकाबाट घरदैलो तथा भेटघाट अभियान सुरु गर्नुभएको छ।

अभियानका क्रममा उहाँले गत असोज ११ र १२ गते आएको बाढीका कारण धनजनको ठूलो क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएको उल्लेख गर्नुभयो।

आफू निर्वाचित भएमा उक्त समस्यालाई संघीय संसदमा उठाई समाधानका लागि प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै, सो क्षेत्रमा अधुरा रहेका विकास निर्माणका योजनाहरूलाई प्राथमिकतामा राखी समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि हुमागाईले बताउनुभयो।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here