Homeराजनीतिसोसल मिडिया स्टन्टबाज विरुद्ध एकताबद्ध हुनुपर्ने प्रचण्डको संदेश

सोसल मिडिया स्टन्टबाज विरुद्ध एकताबद्ध हुनुपर्ने प्रचण्डको संदेश

Date:

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पुराना सहकर्मीहरुलाई एकतामा आउन आह्वान गरेका छन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अब पनि एक्ला एक्लै हिँडेर नहुने बताए।

उनले भने, ‘राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन।’

उनले मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आग्रह गरे। उनले राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको बताए।

उनले थपे, ‘सोसल मिडियामा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै रोक्न सकिन्छ।’

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here