Homeसमाचारनेपालको महिला टी–२० विश्वकप यात्रा समूह चरणमै समाप्त

नेपालको महिला टी–२० विश्वकप यात्रा समूह चरणमै समाप्त

Date:

नेपाल आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको हो ।

१ सय ४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकियो । कप्तान इन्दु बर्माले चोटका कारण बीचमै मैदान छाडिन् । नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here