Homeसमाचारझुम्का कारागारबाट फरार कैदी चार महिनापछि मोरङबाट पक्राउ

झुम्का कारागारबाट फरार कैदी चार महिनापछि मोरङबाट पक्राउ

Date:

सुनसरी । झुम्का कारागार, सुनसरीबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी अनिष मगरलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थायी घर भएका गोपाल मगरका २२ वर्षीय छोरा अनिष मगर कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएपछि झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए।

प्रहरीका अनुसार जेन्जी आन्दोलनको क्रममा मिति २०८२ साल भदौ २४ गते अनिष मगर झुम्का कारागारबाट फरार भएका थिए। फरारपछि उनी गाउँघरमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा खोजतलास तीव्र पारिएको थियो।

खोजतलासकै क्रममा असोज २६ गते बिहान करिब ६:०० बजे अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ स्थित गैरीगाउँ बाट उनलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउपछि अनिष मगरलाई इलाका प्रहरी कार्यालय, बेलबारीमा ल्याई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

हाल उनलाई आवश्यक कारबाहीका लागि मोरङ जिल्ला अदालत पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here