Homeसमाचारचितवन रत्ननगरमा ६८ वर्षीया महिलाको विभत्स हत्या

चितवन रत्ननगरमा ६८ वर्षीया महिलाको विभत्स हत्या

Date:

चितवन । रत्ननगर नगरपालिका–४ मा महिलाको विभत्स हत्या भएको छ । ६८ वर्षीया सुकमाया देवी तामाङको शुक्रबार राति हत्या भएको चितवन प्रहरीले जनाएको छ ।

घरको तेस्रो तलामा एक्लै बस्दै आएकी तामाङको सुतेकै ओच्छ्यानमा हातखुट्टा बाँधिएको अवस्थामा शनिबार दिउँसो प्रहरीले भेटेको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी सुवास भट्टका अनुसार लुट्ने प्रयोजनका लागि गएकाले बाँधेर श्वासप्रश्वा रोकेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तामाङको कानमा लगाइएको सुनको मुन्द्रा, औँठी, बालालगायतका गहना लुटिएको प्रारम्भिक छानबिनमा प्रहरीले पाएको छ । ‘उहाँ एक्लै बस्ने र परिवारका सदस्य शोकमा रहेका कारण के कति लुटपाट भएको छ यकिन भन्न सकिने अवस्था छैन,’ डिएसपी भट्टले भने ।

उनको दुई छोरी र एक छोरा छन् । छोरीहरुको विवाह भइसकेको छ । छोरा भने अत्यधिक मदिरा सेवन गर्ने भएकाले सुधार गृहमा राखिएको छ । छोराको परिवारमा समस्या आएपछि बुहारी विदेश गएकी छन् । तामाङ नाति हुर्काएर बसेकी थिइन् । नाति पनि लागु औषध दुर्व्यसनीमा लागेपछि उनलाई पनि सुधार गृहमा राखिएको छ ।

प्रारम्भिक अवस्थामा लुटपाटका लागि हत्या गरिएजस्तो देखिए पनि महिलाप्रति रिसइबी पनि हुनसक्ने अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here