Homeस्थानियदमकमा ५ वर्षीया बालिकाको कानको सुनको रिङ काटेर चोरी गर्ने गिरोह पक्राउ

दमकमा ५ वर्षीया बालिकाको कानको सुनको रिङ काटेर चोरी गर्ने गिरोह पक्राउ

Date:

झापाको दमक ५ लालीगुराँस टोलमा पाँच वर्षीया एक बालिकाले लगाएको सुनको रिङ नेल कटको मद्वतले काटेर चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब ३ बजे भएको सो घटनामा संलग्नहरुलाई आज पक्राउ गर्न प्रहरी सफल भएको हो ।

प्रहरीका अनुसार सुमन लिम्बुको छोरी बर्ष ५ की प्यारोन लिम्बु आफ्नै घर अगाडी बाटोमा खेल्दै गरेको अवस्थामा सो समुहले प्र.१–०१–००१ ह ८३८५ नंम्बरको सिटी सफारी चढेर आई बालिकाले कानमा लगाएको सुनको रिङ नेलकटले काटेर चोरी गरी फरार भएका थिए ।

पक्राउ पर्नेहरूमा दमक ८ का १८ बर्षीय संजय माझी, दमक ७ का १८ बर्षीय निश्चल विश्वकर्मा, दमक ६ का ३८ बर्षीय मेघराज मेहेत्तर , भारत कलकत्ता घर भई हाल दमक ६ मा बस्ने ५३ बर्षीय रिटन दास रहेका छन् ।

उनीहरुमाथी चोरी मुद्धामा इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here