Homeसमाचारविर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ

विर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ

Date:

झापा । झापाको बिर्तामोड नगरपालिका–१ बाट लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पुस २२ गते इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका–१ निवासी ४० वर्षीय अजय राजवंशीलाई पक्राउ गरेको हो।

प्रहरीले राजवंशीको घरको कोठाबाट १२३ ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगर तथा नगद २ लाख ९६ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेका राजवंशीमाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here