Homeअन्तर्राष्ट्रियअमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको दाबी, ट्रम्पद्वारा ‘सानदार अपरेसन’को प्रशंसा

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको दाबी, ट्रम्पद्वारा ‘सानदार अपरेसन’को प्रशंसा

Date:

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेको दाबी गरेको छ।

राष्‍ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले योजनाबद्ध ढंगले भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गरी देशबाहिर ल्याइएको बताएका हुन्।

उनले मदुरोको पक्राउ गर्न सेनाको तारिफ गरेका छन्।

द न्युयोर्क टाइम्ससँगको संक्षिप्त कुराकानीमा ट्रम्पले भेनेजुएलामा सफलतापूर्वक हमला गरी मदुरोलाई पक्राउ गर्न सफल प्रहरीको तारिफ गरेका हुन्।

‘धेरै राम्रो योजना र धेरै महान सेना,’ उनले भने, ‘वास्तवमा यो एक सानदार अपरेसन थियो,’ उनले भने।

ट्रम्पले यसबारेमा विस्तृत जानकारीका लागि आजै स्थानीय समयअनुसार शनिबार बिहान ११ बजे आफ्नो निवास मार-ए-लागोमा पत्रकार सम्मेलन आयोजना गरिएको बताए।

न्युयोर्कबाट प्रकाशित हुने सिबिएस न्युजले मदुरोलाई अमेरिकी सेनाको विशेष युनिट डेल्टा फोर्सले मदुरोलाई पक्राउ गरेको बताएको छ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गरिएको उक्त समाचारमा डेल्टा फोर्सले मदुरोलाई पक्राउ गरी त्यहाँबाट अन्यत्र लगिएको बताइएको छ।

कहाँ लगिएको भन्ने चाहिँ ट्रम्प र अन्य अधिकारी कसैले खुलाएका छैनन्।

मदुरोमाथि अमेरिकामा लागुऔषध तस्करीलाई सहयोग गरेको आरोप छ। अमेरिकामा लागुऔषध तस्करीका लागि जिम्मेवार कार्टेल डे लोस सोलेसलाई सहयोग गरेको आरोप उनीमाथि छ।

अमेरिकाले उनलाई पक्राउ गर्न सहयोग गर्नेका लागि पुरस्कारसमेत घोषणा गरेको थियो।

अघिल्लो जो बाइडेन प्रशासनले मदुरोलाई पक्रन सहयोग गर्नेलाई २ करोड ५० लाख अमेरिकी डलर दिने घोषणा गरेको थियो।

ट्रम्प प्रशासनले त्यसलाई दोब्बर बनाउँदै ५ करोड डलर पुरस्कार दिने घोषणा गरेको थियो।

अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार दशक लामो अनुसन्धानपछि मदुरो र वरिष्ठ सरकारी अधिकारीहरूमाथि कोकिन तस्करी तस्करी सम्बन्धी अभियोग म्यानहटनस्थित संघीय अदालतमा दायर गरिएको थियो।

अभियोगमा, अभियोजकहरूले मादुरोलाई कार्टेल डे लस सोल्स भनिने लागूपदार्थ-तस्करी नेटवर्कको मुख्य सहयोगी भएको र अमेरिकातर्फ कोकेनको ठूलो ढुवानी सार्न मद्दत गरेको आरोप लगाइएको छ।

अमेरिकामा उनीमाथि अभियोग भएकाले अभियोजनका लागि मदुरोलाई अमेरिका नै लैजान लागिएको हो वा होइन भने खुलाइएको छैन।

यसबीच भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति निकोलस मदुरो जीवितै रहेको प्रमाण माग गरेकी छन्।

एक सरकारी रेडियोसँगको कुराकानीमा उपराष्ट्रपति रोद्रिगेजले मदुरोलाई राखिएको स्थान र उनी जीवितै रहेको प्रमाण माग गरेकी हुन्।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजेले आफ्नो देश कसैको दबाबका अगाडि नझुक्ने बताएका छन्।

अमेरिकी आक्रमणमको घटनापछि देशभरि सेना परिचालन गरिएको जानकारी दिँदै रक्षामन्त्री लोपेजले मदुरोकै निर्देशनमा सेना परिचालन गरिएको बताएको तर मदुरो कहाँ छन् भन्ने चाहिँ नखुलाएको न्यूयोर्कबाट प्रकाशित हुने अनलाइन सिबिएस न्युजले जनाएको छ।

‘उनीहरूले हामीमाथि आक्रमण गरेका छन्। तर आफ्नो वशमा पार्न सक्दैनन्,’ रक्षामन्त्री लोपेजले भनेका छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here