Homeस्थानियदमक उद्योग वाणिज्य संघको नयाँ नेतृत्व घोषणा, गुरागाईँ पुनः अध्यक्ष

दमक उद्योग वाणिज्य संघको नयाँ नेतृत्व घोषणा, गुरागाईँ पुनः अध्यक्ष

Date:

दमक । दमक उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ। निर्वाचनबाट देवीप्रसाद गुरागाईँ (गोपाल) अध्यक्ष पदमा दोस्रोपटक निर्वाचित भएका छन्।

संघको बरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत, प्रथम उपाध्यक्षमा रुबल अधिकारी, द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा र तृतीय उपाध्यक्षमा सुवास गड्तौला निर्वाचित भएका छन्। महिला उपाध्यक्ष पदमा संगीता तुम्बाफो विजयी भएकी छन्।


खुला सदस्यतर्फ चिरन न्यौपाने, कुलबहादुर श्रेष्ठ (कविन), कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, भरत दुलाल र सहदेव भट्टराई निर्वाचित भएका छन्।

वस्तुगत सदस्यतर्फ कृष्णराज दाहाल, हेमसागर अधिकारी, टंकप्रसाद ढकाल, डुका कुमाल, गोकुल खड्का, खेमराज पाण्डे (कुमार) र बुद्धिशेखर बजगाईँ (विवेक) विजयी बनेका छन्।


यस्तै, महिला सदस्यमा संगीता प्रसाईँ र उर्मिला गुरुङ (मोनिका) निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा भेणुष श्रेष्ठ तथा सदस्यहरूमा रुपक सापकोटा र राजकुमार अधिकारी निर्वाचित भएका छन्।

नवनिर्वाचित नेतृत्वले दमक क्षेत्रको उद्योग, व्यापार तथा व्यवसायिक हितमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here