Homeस्थानियकमल–२ मा वैदेशिक रोजगारबाट फर्किएका परिवारका लागि स्वास्थ्य जाँच

कमल–२ मा वैदेशिक रोजगारबाट फर्किएका परिवारका लागि स्वास्थ्य जाँच

Date:

वीर बहादुर तामाङ, कमल । कमल गाउँपालिका–२ अन्तर्गत फत्ते टोल र शिव पञ्चायम मन्दिर परिसरमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरू तथा उनीहरूको परिवारलाई लक्षित गरी स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ।

सोमबार सम्पन्न कार्यक्रममार्फत ६७ जनाको स्वास्थ्य जाँच गरिएको थियो। जसमध्ये शिव पञ्चायम मन्दिर परिसरमा ३८ जना र फत्ते टोलमा २९ जनाको स्वास्थ्य जाँच गरिएको हो।

कार्यक्रम राष्ट्रिय एचआईभी/एड्स महासङ्घ, नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला ढकाल सक्रिय रूपमा खटिनुभएको थियो।

राष्ट्रिय एचआईभी/एड्स महासङ्घ तथा नेपालकी एचआईभी/एड्स फोकल पर्सन इन्दिरा देवी पराजुली (ORW) का अनुसार वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरू, विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरू तथा उनीहरूको परिवारलाई लक्षित गरी स्वास्थ्य जाँच गरिएको हो।

उहाँका अनुसार कमल गाउँपालिका–२ का वडा अध्यक्ष अशोक सुब्बा, वडा सदस्यहरू, वडा कार्यालय तथा कमल नगर अस्पतालको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला ढकालको सक्रिय खोजपड्तालका कारण कार्यक्रम प्रभावकारी र सहज रूपमा सम्पन्न भएको हो।

साथै आवश्यकताका आधारमा अन्य क्षेत्रहरू पहिचान गरी भुत्लुङ्ग र मिलन चोक क्षेत्रमा समेत छिट्टै यस्ता स्वास्थ्य जाँच कार्यक्रम विस्तार गरिने जानकारी उहाँले दिनुभएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here