HomeUncategorizedखोलामा डुबेर सात वर्षिय बालकको मृत्यु

खोलामा डुबेर सात वर्षिय बालकको मृत्यु

Date:

मकवानपुरको बकैया गाउँपालिका ९ स्थित शिखरपुरमा खोलामा डुबेर एक बालकको मृत्युभएको छ । बकैया गाउँपालिका – ९ शिखरपुरका अविराज घलानको स्थानीय बङ्दा खोलामा शनिबार डुबेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

बुबा सोमबहादुर घलान र आमासँगै आफ्नो घरभन्दा करिब दुई कि.मि. पूर्वतर्फ रहेको खेतमा धानको बिटा उठाउन गएकोमा खेत नजिकै रहेको बङ्दा खोलामा पौडी खेल्न जान्छु भनी सात वर्षीय बालक अविराज गएकोमा खोलामा डुबिरहेको अचेत अवस्थामा आमाले देखेपछि उद्धार गरिएको थियो ।

बालकलाई खोलामा डुबेको अवस्थामा उद्धार गरी घरमा ल्याई राखेको साँझ १७ः१० बजे जानकारी प्राप्त भएपछि बालकलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर पठाएकोमा अस्पताल आई पुग्नासाथ डाक्टरले राति २१ः१८ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ । उक्त घटनास्थल प्रहरी चौकी हात्तीसुढे मकवानपुरबाट करिब आठ कि.मि. पूर्व रहेको छ । – गोर्खापत्र

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here