
दमक । रोटरी क्लब अफ दमक र रोटर्याक्ट क्लब अफ दमकद्वारा दमक–९ स्थित श्री महालक्ष्मी आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ।
शिविरमा महिला स्वास्थ्य, पाठेघर क्यान्सर (सर्भाइकल) परीक्षण, दन्त तथा छाला रोगसम्बन्धी सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो।
शिविरमा दन्त परीक्षण ११५ जना, सर्भाइकल परीक्षण ७६ जना र छाला परीक्षण ४५ जना गरी जम्मा २३६ जनाले सेवा लिएका छन्। कार्यक्रममा करिब २५० भन्दा बढी स्थानीयको उपस्थिति रहेको कल्बका अध्यक्ष केशव कुमार अग्रवालले बताए।
शिविरलाई सफल बनाउन लाइफ लाइन अस्पताल दमक, डेजी स्किन केयर दमक र दमक अस्पतालले महत्वपूर्ण सहयोग गरेका थिए।



