
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
भारतीय सञ्चार माध्यमका अनुसार उनको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो। देओल परिवारको नजिकको स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई पहिले नै विदेशबाट मुम्बई ल्याइएको छ। सनी देओल हिजो राति अस्पताल बाहिर अत्यन्तै भावुक देखिएका थिए भने बबी देओल पनि अल्फाको छायांकन छोडेर मुम्बई फर्किएका छन्।
शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल पुगेका थिए।

