HomeUncategorizedनक्सालस्थित भाटभटेनी भवन भत्काउँदा ३ जना मजदुर घाइते

नक्सालस्थित भाटभटेनी भवन भत्काउँदा ३ जना मजदुर घाइते

Date:

काठमाडौँ —नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भवन भत्काउने क्रममा पुरिएर ३ जना घाइते भएका छन् । जेन-जी आन्दोलनपछि भदौ २४ मा भएको तोडफोड र आगजनीमा परेको भवनलाई भत्काउने क्रममा एक्कासि माथिबाट संरचना खस्दा उनीहरु घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

घाइते हुनेमा हेटौंडाका ३३ वर्षीय राजकुमार स्याङ्तान, २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय अजय पाख्रिन छन् । उनीहरूमध्ये स्याङ्तानको टाउको र खुट्टामा चोट लागेको छ । दीपकको हात र खुट्टुामा चोट छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here