HomeUncategorizedमोरङ केराबारी–८ की विद्यार्थी सन्ध्या साहको शव फेला

मोरङ केराबारी–८ की विद्यार्थी सन्ध्या साहको शव फेला

Date:

मोरङ । मोरङको केरावारी गाउँपालिका–८ निवासी ९ कक्षाकी छात्रा सन्ध्या साह आइतबारदेखि हराइरहेकी थिइन्। चार दिनसम्म खोजी जारी रहेपछि उनको शव आज बिहान लावारिस अवस्थामा फेला परेको छ।

सन्ध्या मच्छिन्द्र माध्यमिक विद्यालयकी विद्यार्थी थिइन्। विद्यालय गइसकेपछि उनी घर नफर्केकी कारण परिवारजनले खोजतलास थालेका थिए। स्थानीय र प्रहरीको सहयोगमा खोजी कार्य चलिरहेको बेला उनको शव वडा क्षेत्रकै एक एकान्त स्थानमा भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले घटनाको प्रकृति शंकास्पद रहेको प्रहरीले बताएको छ।

स्थानीयवासीले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै छोरी–छोरीको सुरक्षाबारे सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको र दोषी पत्ता लगाइ कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here