
काभ्रेपलान्चोक । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति काभ्रेपलान्चोकको छैठौं जिल्ला अधिवेशन तथा बाह्रौं वार्षिक साधारणसभा बनेपास्थित उग्रचण्डी पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न भएको छ।
साधारणसभाबाट याङ प्रसाद घिमिरेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष रमेश थापा, द्वितीय उपाध्यक्ष नवराज फुयाल, महिला उपाध्यक्ष सृजना श्रेष्ठ, सचिव शिव तिमल्सिना, सह–सचिव रमन तिमिल्सिना कोषाध्यक्ष निसा घिमिरे, सह–कोषाध्यक्ष यादव कोइराला चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा प्रमिता पाण्डे, शोभा खनाल, अम्बिका आचार्य, रमा मिश्र भुजेल, संगिता ढकाल, कबिता बजगाई, भोज कुमार तिमल्सिना, श्यामकृष्ण सापकोटा, ठक्कर प्रसाद तिमल्सिना, जितमान लामा, मच्छेन्द्र श्रेष्ठ, अमृता पौडेल र सुसन केसी रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी थिए भने सभाध्यक्षमा निवर्तमान अध्यक्ष केदार न्यौपाने रहे।
विशिष्ट अतिथिहरूमा प्रतिष्ठानका महासचिव शम्भु हमाल, उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा, समाजसेवी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अधिकारीले पानसमा दियो बालेर गरेका थिए। सो अवसरमा पूर्वअध्यक्षहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे।



