
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजय अभद्र खनाल र गोविन्दसँग जेनजेड २.०का प्रतिनिधिहरूले मंगलबार प्रधानमन्त्री कार्यालयमा भेटघाट गरी लामो छलफल गरेका छन्।
भेटमा नागरिक बचाउ अभियानका अभियन्ताहरू पनि सहभागी थिए। छलफलका क्रममा व्यवस्था उल्टाउने विषय उठ्दा जेनजेड २.०का प्रवक्ता अबिन लिम्बूले भने,
“यो नागरिक सरकारको विपक्षमा जोसुकै आन्दोलन गर्छ, उसले पहिले आफ्नै छातीमा कुल्चेर मात्र सरकार सामु जान सक्छ।”
लिम्बूले आफूहरू जनताको विपक्षमा होइन, नागरिक हितका पक्षमा उभिने प्रतिबद्धता जनाए।
भेटका क्रममा जेनजेड २.०ले आफ्ना माग र सुझाव समेटिएको पत्र प्रधानमन्त्री कार्यालयमा बुझाएको थियो।
भेटमा जेनजेड २.०का तर्फबाट कार्यसम्पादन समितिका सदस्य हेमराज खड्का, घाइते निरक बहादुर खड्का, सदस्य सचिव कुन्दन कुसुवाहा, सचिवालय प्रमुख रबिन कुमार शाह, सदस्य गौरव देवकोटा, बिपिन दुलाल लगायत अभियन्ताहरू सहभागी थिए।

