HomeUncategorizedसुर्खेतमा फरुवाको प्रहारबाट आमाको मृत्यु, छोरा पक्राउ

सुर्खेतमा फरुवाको प्रहारबाट आमाको मृत्यु, छोरा पक्राउ

Date:

सुर्खेत, कात्तिक १४ । भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन्।

शुक्रबार बिहान ३५ वर्षीय कविराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनिकला बस्नेतलाई फरुवाले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार आमालाई घरमै सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरिएको थियो। गम्भीर घाइते भएकी धनिकलाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीले जानकारी दिए।

घटनापछि फरार रहेका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले अत्यधिक मदिरा सेवन गर्ने गरेका थिए र आवेगमा आएर आमामाथि प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here