
कार्तिक १३, काभ्रेपलाञ्चोक । नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईं पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुनुभएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले हुमागाईंलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
हुमागाईं यसअघि बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री रहनुभएको थियो। उहाँ २०८० साल चैत्रमा सम्पन्न जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा काभ्रे अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

