
धुलिखेल । नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीको अध्यक्षमा यादव कोइराला चयन हुनु भएको छ।
आइतबार बसेेको भेलाले नगर कमिटी पुनर्गठन गर्दै कोइरालालाई अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि नगर कमिटीका सचिव रहनुभएको थियो ।
तत्कालीन अध्यक्ष दयासागर श्रेष्ठले पार्टी त्यागेपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका कोइरालालाई उक्त भेलाले सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी तोकेको हो ।
पार्टीका जिल्ला कमिटी उपसचिव तथा धुलिखेल नगर इन्चार्ज हरिगोपाल प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कोइरालाको नेतृत्वमा ४१ सदस्यीय नगर कमिटी पुनर्गठन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष कोइरालाले पार्टीलाई परिस्थिति अनुसार युवालाई समेट्दै नगरभित्रका १२ वटै वडामा संगठन विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै, उहाँले धुलिखेलका नागरिकले भोगिरहेका समस्या समाधानका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।


