HomeUncategorizedआईजीपी खापुङ अवकाशमा जाँदै, चार एआईजीबीच प्रतिस्पर्धा : नयाँ प्रहरी प्रमुख को...

आईजीपी खापुङ अवकाशमा जाँदै, चार एआईजीबीच प्रतिस्पर्धा : नयाँ प्रहरी प्रमुख को बन्ने?

Date:

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ यही कात्तिक २६ गते अवकाशमा जाँदैछन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण खापुङ २६ कात्तिकको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका हुन् ।

१९ भदौमा जम्माजम्मी ६९ दिनका लागि आईजीपी बनेका खापुङ अवकाशका जाने भएसँगै नेपाल प्रहरीको ३३औँ आईजीपी को बन्ला भन्ने चासो बढेको छ ।

शासन प्रणालीमा ‘थिति बसाउने’ सन्दर्भमा पनि परीक्षण मानिने आईजीपी नियुक्ति न्यायिक पृष्ठभूमिबाट आएकी प्रधानमन्त्री सुशीला कार्की स्वयंका लागि पनि ‘अग्निपरीक्षा’ बन्नेछ । किनकि न्यायाधीशको कुर्सीमा रहँदा आफैंले गरेको फैसलाको प्रधानमन्त्रीको भूमिकामा उनी आफैंबाट परीक्षण हुनेछ ।

यसपटक आईजीपीका लागि मुख्य प्रतिस्पर्धीका रूपमा चार जना एआईजीपीहरू मैदानमा उत्रिएका छन्।आईजीपी बन्न प्रतिस्पर्धामा रहेका ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरू (क्रमशः) हुन्- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजीपी दानबहादुर कार्की, मानव स्रोत साधन विभागमा कार्यरत एआईजी राजन अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत डा. मनोज केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगञ्जमा कार्यरत सिद्धिविक्रम शाह ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here