
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सक्रिय रहेका अभियन्ता रविकिरण हमालले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन्।
हमालले कार्कीले जेनजी आन्दोलनका क्रममा शहीद भएका युवाको बलिदान र रगतमाथि सत्ता कब्जा गरेको र असंवैधानिक रूपमा कु गरेको आरोप लगाएका छन्।
उनले प्रधानमन्त्री कार्कीमाथि मात्र होइन, वर्तमान मन्त्रिपरिषद् सदस्यहरू पनि देशविरोधी गतिविधि र विभिन्न काण्डमा संलग्न रहेको दाबी गरेका छन्।
हमालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको निवेदनमा कार्की नेतृत्वको सरकारले ‘प्रायोजित आमहत्या’को योजना बनाएर आन्दोलनकारीलाई उक्साएको र हिंसामा धकेलेको आरोप लगाइएको छ।
उनले प्रधानमन्त्रीलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गर्दै भनेका छन्, “जेनजीको आन्दोलनलाई बदनाम गर्न र निर्दोष युवाको रगतमाथि सत्ताको सौदा गर्नेहरूलाई अब जवाफदेही बनाउनैपर्छ।”

