HomeUncategorizedसंखुवासभामा हत्यामा संलग्न व्यक्ति पक्राउ

संखुवासभामा हत्यामा संलग्न व्यक्ति पक्राउ

Date:

संखुवासभा — संखुवासभाको खाँदवारी नगरपालिका–९ का ५५ वर्षीय कर्णबहादुर कुमालको हत्यामा संलग्न सोही स्थानका २६ वर्षीय बिक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ।

कार्तिक ४ गते साँझ बिक्रमले आफ्नै घर नजिकै आएका कर्णलाई पुरानो रिसइबीका कारण आवेशमा आएर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय संखुवासभा र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदवारी पठाएको थियो।

प्रहरीका अनुसार हत्यामा प्रयोग गरिएको खुकुरीसहित बिक्रम कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here