HomeUncategorizedदमक-५ धनेश्वर मन्दिर नजिक बेवारिसे ३०३ राइफल फेला, लुटिएको हतियार पुष्टि

दमक-५ धनेश्वर मन्दिर नजिक बेवारिसे ३०३ राइफल फेला, लुटिएको हतियार पुष्टि

Date:

दमक नगरपालिका-५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेको सो हतियार गत भदौ २४ गते जेन्जी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३ सय ३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here