HomeUncategorizedसुनसरीमा ग्राम ब्राउन सुगर सहित १ जना पक्राउ

सुनसरीमा ग्राम ब्राउन सुगर सहित १ जना पक्राउ

Date:

सुनसरी, असोज २५ गते । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्क चौक स्थितबाट १ सय ९७ ग्राम ६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २४ गते साँझ ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इनरुवा नगरपालिका-४ का ३३ बर्षीय कृष्ण कुमार मेहताको साथबाट १ सय ९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here