
झापा । शिवसतासी–१ धरमपुरस्थित बजारदेखि दक्षिणतर्फ वार्ड कार्यालय अगाडि पर्ने पाराबारी–पाँचगाछी सडकमा शुक्रबार दिउँसो दुई पाङ्ग्रे सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
स्कुटर र पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटरमा सवार दुई महिला र मोटरसाइकलमा सवार एक पुरुष गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयवासीहरूले उपचारका लागि अस्पताल पठाएका छन्।
दुर्घटनापछि स्कुटर र मोटरसाइकल दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

